चितवन । चितवनको राप्ती नगरपालिका-४ मा एक चेपाङ दम्पतीले भिरबाट हाम फालेका छन् । भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार घरायसी झगडा भएपछि श्रीमान्–श्रीमती दुईजनाले सँगै भिरबाट हाम फालेको थिए ।
भिरबाट हाम फालेकी राप्ती नगरपालिका-४ चौकीडाँडा बस्ने ४२ वर्षकी कुमारी प्रजा चेपाङको मृत्यु भएको छ भने उनका श्रीमान् ४७ वर्षीय लिलाबहादुर प्रजा चेपाङ गम्भीर घाइते भएका छन् ।
घाइते लिलाको भरतपुर अस्पतालको उपचार भैरहेको छ । उनको कानबाट रगत बगेको छ भने कुममा चोट लागेको प्रहरीले जनाएको छ । हाम फालेकी कुमारीको ढुंगामा ठोकिएर मृत्यु भएको बताइएको छ ।
मंगलबार मध्याह्नतिर उनीहरूले खहरे खोलाको भिरबाट हाम फालेका थिए । दुई जनाले झगडा गरी सँगै भिरतर्फ गएको डीएसपी खनालले बताए ।
राप्ती नगरपालिका-४ का वडाध्यक्ष केदार आचार्यले चेपाङ दम्पती मदिरा सेवन गरेर झगडा गरेको र श्रीमती भिरबाट हाम फाल्न खोज्दा श्रीमानसमेत लडेको स्थानीयले आफूलाई जानकारी गराएको बताए ।
वडाध्यक्ष आफैं पनि घटनास्थल पुगेका थिए । वडाध्यक्ष आचार्यले स्थानीयको भनाइ उद्धृत गर्दै भने, ‘श्रीमान् श्रीमती कतैबाट मदिरा सेवन गरेर आए, बेलाबखत झगडा पनि गर्थे, श्रीमतीले म हाम फालेर मर्छु भनेर हाम फाल्दा श्रीमानले बचाउन खोज्दा उनी पनि तल खसे ।’
वडाध्यक्ष आचार्यका अनुसार उनीहरू जम्मा १० मिटर मात्रै तल खसेका थिए । ‘मान्छे नै मरिहाल्ने ठाउँ छैन, श्रीमतीको टाउकोमा ढुंगा ठोक्किएर मृत्यु भएको हुन सक्छ, श्रीमान् ढुंगामा न ठोकिएकोले घाइते मात्रै भएका हुन सक्छ’, वडाध्यक्ष आचार्यले भने, ‘त्यस्तो धेरै डेप्थ कुरा हो जस्तो मलाई लाग्दैन, चेपाङहरुमा ठूलो महत्वकाक्षा पनि हुँदैन, झगडा गर्ने मिल्ने भैरहन्छ ।’वडा नंं ४ र ५ को सिमाना पर्ने सो ठाउँमा जम्मा ७ घर जति मात्रै चेपाङहरु बसोवास गरेको वडाध्यक्ष आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु