काठमाडौँ । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । मोटरसाइकल सम्बन्धी कामको सिलसिलामा आउने सेवाग्राहीहरूसँग उनीहरूले ‘छिटो काम गरिदिन्छौँ’ भनेर हैरानी दिने गरेको आरोप छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ घर भएका २९ वर्षीय विकाश तामाङ, मकवानपुर घर भएका २५ वर्षीय सुशील अधिकारी, सर्लाही घर भएका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरका १९ वर्षीय छिरिङ ल्हो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखा घर भएका २४ वर्षीय राजीव खत्री छन् ।
आरोपीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ