एजेन्सी । बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब विश्वकपमा पहिलो स्थान सहित समूह चरण पार गरेको छ।
अमेरिकाको उत्तरी क्यारोलिनामा साँझ ३६ डिग्री सेल्सियसको गर्मीमा भएको सो खेलमा दुवै टोलीले कमजोर देखिएका थिए।
१३ औँ मिनेटमा आन्द्रे स्केल्डरप्सको गोलमा बेनफिकाले अग्रता लिएको थियो। सो अग्रतालाई अन्तिमसम्म जोगाएर बेनफिका अन्तिम १६ मा प्रवेश गरेको हो।
पराजित वायरन म्युनिख समूहमा दोस्रो भएको छ। विजयी बेनफिकाले दोस्रो चरणमा समूह डिका दोस्रो हुने टोलीको सामना गर्ने छ।
बुधबार हुने चेल्सी र इएस ट्युनिस बीचको खेलले सो समूहको दोस्रो हुने टोलीको टुङ्गो लगाउने छ।
यसअघि बोका जुनियरलाई २-१ ले हराएको टोलीबाट वायरन म्युनिखले ७ खेलाडीलाई आराम दिएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ असार २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्युनिखले पिएसजीलाई ३-१ ले हरायो
इन्टरसँग वायरन म्युनिख पराजित
म्युनिखको जितमा केनले गरे दुई गोल