हेटौँडा । त्रिभुवन राजपथ सडकखण्ड २ दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिने भएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।
सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडकखण्ड अन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याइने भएकाले दुई सडक आवागमन बन्द हुने भएको हो । सडक दिउँसो १२ बजेदेखि ४ (चार घण्टा) सम्म बन्द गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १५ : ३०
लेखकबाट थप