काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) सम्म मात्रै १ अर्ब ९ करोड १३ लाख २४ हजार रुपैयाँको अम्रिसो कुचो निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा कुचो निर्यात घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आव साउनदेखि जेठसम्म मात्रै १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात भएको थियो । गत वर्ष एक दशकमै सबैभन्दा बढी कुचो निर्यात भएको थियो ।
उक्त अवधिमा १ करोड ४२ लाख ९७ हजार किलो अम्रिसो कुचो भारत निर्यात भएको तथ्यांकले देखाउँछ । भन्सार विभागको तथ्यांक अनुसार आव २०७९/८० मा १ अर्ब रुपैयाँको कुचो भारतमा मात्रै निर्यात भएको थियो । यस्तै २०८०/८१ मा १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार रुपैयाँको कुचो निर्यात भएको थियो ।
आव २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।
आर्थिक वर्ष ०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कुचो भारत र बंगलादेश निर्यात भएको थियो । त्यस वर्ष ५६ लाख ३७ हजार रुपैयाँको २ लाख ३२ हजार ६ सय किलो कुचो बंगलादेश निर्यात भएको थियो भने ६५ करोड ३१ लाख ७६ हजार रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १५ : ०२
लेखकबाट थप