काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार तीनवटा मुलुकबाट ६ अर्ब ६६ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको २७००२६.९६ मेट्रिक टन आलु आयात भएको उल्लेख छ ।
सो परिमाणमा आलु आयात हुँदा १ अर्ब ३१ करोड २६ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । विभागका अनुसार कुल आलु आयात भएकोमध्ये सबैभन्दा धेरै भारतबाट आयात ६ अर्ब ३५ करोड १४ लाख ४६ हजार रुपैयाँको २५०९९७.८८ मेट्रिक टन आलु आयात भएको छ ।
दोस्रोमा बङ्गलादेशबाट ३१ करोड ४९ लाख ७० हजार रुपैयाँको १८९६३.०७ मेट्रिक टन आलु आयात भएको छ । यस्तै २१ लाख ५६ हजार रुपैयाँको ६६ मेट्रिक टन आलु चीनबाट आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १३ : ४८
लेखकबाट थप