गौर नगरपालिकाद्वारा ६१ करोडको बजेट पारित

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, १२ : २८
गौर नगरपालिकाद्वारा ६१ करोडको बजेट पारित

रौतहट । गौर नगरपालिकाको १६ औँ नगर अधिवेशन सम्पन्न भएको छ । नगर कार्यालय परिसरमा आयोजित १६ औँ नगर अधिवेशनमा मेयर शम्भु साह  अगामी आर्थिक वर्ष २०८२–२०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाँको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए।

नीति तथा कार्यक्रममा  युवा, शिक्षा तथा खेलकुद, आधारभूत स्वास्थ्य, कृषि तथा पशुपक्षी, उद्यमशीलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार सहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाईलाई प्राथमिकतामा राखेको बताए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी सङ्घ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व तथा वित्त व्यवस्थापन सहित गौर नगरलाई समुन्नत बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको मेयर साहको दाबी छ ।

सोमवार सम्पन्न नगर अधिवेशनमा उपमेयर शैल देवी, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका बोर्ड सदस्यहरू, नागरिक समाजका अगुवा, राजनीतिकर्मीहरूको अनुपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस