काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई निर्दोष प्रमाणित गरिसकेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अनुसन्धान सकिँदा पनि आफ्नो तस्बिर जोडेर बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले असन्तुष्टि समेत पोखेका छन् ।
हेर्नुहोस् उनको पोस्ट :
पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ ।
मेरो केही प्रश्न :
- यो विषयमा सामान्य चर्चा सुन्न साथ मैले तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष निवेदन हाली छानविनको माग गरेको तपाईहरुलाई थाहा छ ? उक्त विषयमा अनुसन्धान हुँदा सहयोग गर्नु मेरो कर्तव्य होइन ?
- नेपालको कानुनमा भ्रष्टाचार सम्बन्धी उजुरी हाल्ने अधिकार सबैलाई छ । यति सम्म कि, बेनामे पनि लाग्छ । सुदन किरातीलाई पनि उजुरी कसैले लगायो त्यो कुन ठूलो कुरा भयो ?
- सुदन किरातीलाई मात्र होइन उजुरी वडा अध्यक्ष देखी पूर्व प्रधानमन्त्रीहरु सहित लाखौं मान्छेलाई लागेको छ र यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र ?
- कसैले अख्तियारको दुरपयोग गरि कानुन विपरित काम गर्छ भने सजायको भागिदार बन्नै पर्छ । "भ्रष्टाचार देशको शत्रु हो" म स्पष्ट छु अर्को जुनीको मलाई विश्वास छैन । भ्रष्टचारी जस्तो पापीलाई यही जुनीमा सजाय दिनुपर्छ भन्नेमा म दृढ छु र सँधै रहि रहनेछु ।
धन्यवाद !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती
जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्यो: सुदन किराती
विप्लव र सुदन किरातीबिच भेटवार्ता
प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती