काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी विधेयकमा हट राखेको बताएका छन् । आइतबार तनहुँमा भएको कार्यक्रममा नेता डा. कोइरालाले अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्दा पनि प्रधानमन्त्रीको हठ किन ? भन्दै प्रश्न गरे ।
राज्य व्यवस्था समितिले पास गरेको संसद्मा पठाएको विधेयकलाई प्रधानमन्त्री ओलीको आदेशमा सभामुख देवराज घिमिरेले छलफलमा नल्याएको आरोप कोइरालाको छ ।
‘अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्छन् । प्रधानमन्त्रीको हठ किन ? कसको लागि ?’ कोइरालाले प्रश्न गरे , ‘सचिव बनाउने, रिटायर्ड हुने बित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कसको काम गर्लान् ? भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो ।’
अवकाशपछि कुलिङ पिरियड अरू देशमा पनि भएको कोइरालाले बताए । कांग्रेस सरकारमा रहेपनि सत्ता कांग्रेसको पकडमा नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ