सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडक खण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका– ११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र को १० प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरूप नगरपालिका– १ बैरवा बस्ने ३४ वर्षीय ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो ।
मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्यूरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।त्यस्तै को १० प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै वर्ष ३० को सुवास महतो घाइते भएका छन् ।
उनी उपचारपछि घर फर्किएका र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते