काठमाडौंँ। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आयोजित ६ महिने दैनिक सफाइ अभियान समापन कार्यक्रममा बोल्दै उनले यस्तो जोड दिएका हुन् । उनले सफा गर्ने अभियान मात्रै नभएर अब सचेतना फैलाउने कार्यक्रम पनि शुरु गर्नुपर्ने बताए । उनले घरघरमा सचेतना फैलाउँदै सफा गर्न थालेपछि फोहोर गर्नेहरूलाई पनि लाज लाग्ने र सफाइ गर्नतर्फ लाग्ने बताए।
बौद्ध क्षेत्र पर्यटकीय गन्तव्यको विस्तार हुँदै गएको र बिस्तारै धेरै होटेलहरू पनि खुल्न थालेको बताए । उनले ठमेल लगायतका ठाउँका पर्यटकहरू बौद्धतर्फ आकर्षित हुन थालेको बताउँदै उक्त क्षेत्र पर्यटकीय, वातावरणीय र सांस्कृतिक हिसावले पनि उपयुक्त भएको जिकिर गरे ।
उनले भने, “बौद्ध क्षेत्र पर्यटकीय गन्तव्य हुँदै छ । बिस्तारै धेरै होटेलहरू यहाँ खुल्दै छन् । धेरै पर्यटकहरू पनि यतै बसेको देखिन्छ । बिस्तारै ठमेल लगायतका ठाउँका पर्यटकहरू यता आकर्षित हुन्छन् जस्तो मलाई लाग्छ । यहाँको पर्यटकीय, वातावरणीय र सांस्कृतिक हिसाबले पनि यो उपयुक्त ठाउँ छ ।
हामीले कार्यक्रम सफा गर्ने मात्रै नभएर अब अवारनेश फैलाउने पनि गर्नुपर्छ । यही अभियानभित्र घरघरमा अवारनेश फैलाउनुपर्छ । सफा गर्न थालेपछि जसले फोहोर गर्न उसलाई पनि लाज लाग्छ । उनले सरसफाई अभियानलाई काठमाडौंभर सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'