भरतपुर । भरतपुर महानगरपालिकाले समावेशी शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, बाल-महिला सशक्तीकरण, लैंगिक समानता, वरिष्ठ नागरिक सम्मान र सामाजिक सुरक्षा प्रणालीलाई सशक्त रूपमा अघि बढाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को सामाजिक विकास योजनामा केन्द्रीत रहेर महानगरपालिकाले त्यस्तो योजनाहरु अगाडी सारेको हो । नगरप्रमुख रेनु दाहालले आज नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गदै जनमुखी र नागरिकको समाजिक सुरक्षामुखी कार्यक्रम घोषणा गरेकी हुन् ।
‘महिला, बालबालिका, युवा, विद्यार्थी, किसान, मजदुर, उद्योगी तथा फरक क्षमता भएको समुदाय समेतको समूचित न्यायसहित हामीले आफ्ना कामकारवाही अगाडि बढाइरहेको यहाँहरुलाई विदितै छ। हामीसँग उपलब्ध स्रोत साधनको न्यायपूर्ण वितरण र दक्षतापूर्ण उपयोग गर्दै नागरिकलाई परिवर्तनको अनुभूति हुने गरी हामीले धेरै रूपान्तरणकारी योजनाहरू कार्यान्वयनमा ल्याएकोमा अधिकांश सम्पन्न भएका छन् भने कतिपय सम्पन्न हुने चरणमा रहेको म यस गरिमामय सभामा सहर्ष जानकारी गराउन चाहन्छु।’ नगरप्रमुख दाहालले भनिन् ।
उनले आथिर्क वर्षको नीति तथा कार्यक्रममा सबै सामुदायिक विद्यालयमा गुणस्तरीय सिकाइ र व्यवहारिक शिक्षाको प्रवद्र्धन, बालमैत्री संरचना, स्रोत कक्षाको सुदृढीकरण, व्यवहारिक शुक्रवार कार्यक्रम, स्वास्थ्य संस्थामा आधारभूत सेवा, महिला–जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी कार्ड, महिला स्वयमसेविका प्रोत्साहन, बालबालिकाका लागि पोषण केन्द्र, अशक्त, एकल महिला, सडक मानव, तथा मानव बेचबिखनबाट प्रभावितका लागि उद्धार र संरक्षण सेवा, अन्तरजातीय विवाहलाई संरक्षण, ज्येष्ठ नागरिकका लागि परिवारलाई जिम्मेवार बनाउने जस्ता नीति अगाडी सारेकी छिन् ।
त्यस्तै मेयर दाहालले नगर प्रहरी, सरसफाईकर्मी र स्वास्थ्यकर्मीका लागि बिमा सुविधाको समेत घोषणा गरेकी छिन् । ‘हामी सबै वर्ग, लिंग र क्षमता भएका नागरिकलाई न्यायपूर्ण पहुँच र सशक्तीकरणको वातावरण बनाउनेछौं’ नगर प्रमुख दाहालले भरतपुर महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम घोषणा गदै भनिन् ।
भरतपुर महानगरको मेयर बनेदेखि नै भरतपुरमा सामाजिक न्याय र समावेशी विकासको खाका मजबुत बनाउन लागेकी मेयर दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा पनि शिक्षा, स्वास्थ्य र समावेशी सशक्तीकरणमा विशेष ध्यान दिँदै नीति कार्यक्रम प्रस्तुत गरेकी छिन् ।
अन्य महानगरपालिकाको तुलनामा उत्कृष्ट काम र सेवा प्रवाह गदै आएको भरतपुर महानगरपालिकाले आगामी वर्षको नीति कार्यक्रममार्फत थप अब्बल बनाउने योजना अगाडी सारेको हो ।विद्यार्थीहरुको कक्षा सिकाइमा सुधारको लागि निरन्तर मूल्याङ्कन प्रणाली प्रभावकारी तुल्याइ “बालबालिकाको हक, सुधारौ शिक्षाको जगस कार्यक्रम सञ्चालन गरिने, विपन्न, सीमान्तकृत, लोपोन्मुख र दलित समुदायका बालबालिकाहरूका लागि शैक्षिक प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने जस्ता कार्यक्रम समेटिएको छ ।
त्यस्तै, समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमलाई पररिमार्जन सहित निरन्तरता दिइने र त्यसमा बालबालिका, महिला, ज्येष्ठ नागरिक लगायत लक्षित समुहका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने मेयर दाहालले घोषणा गरेकी छिन् ।
भरतपुर महानगरभित्र स्थायी बसोबास गरी सरकारी स्वास्थ्य संस्थामा जन्मिने छोरीहरुका लागि बाल उमङ्ग जीवन बीमा कार्यक्रमलाई निरन्तरता दिने, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपोसार, साईबर अपराधसँग जोडिएर हुने घटनाको व्यवस्थापन गर्न र हिंसा पीडित तथा प्रभावित महिला, बालबालिका तथा किशोरीहरुका लागि हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिदै अल्पकालीन संरक्षण र दोषीलाई दण्डको दायरामा ल्याउन सरोकारवाला निकायसँग सहकार्य गरिने जस्ता योजना महानगरपालिकाले अगाडी सारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता
यस्तो छ भरतपुर महानगरको आगामी वर्षको बजेट (पूर्णपाठ)
विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुट्याइयो
विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुट्याइयो