पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले मानव कल्याणका क्षेत्रमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् l
आज यहाँस्थित मानव सेवा आश्रमको अवलोकन गर्दै मुख्यमन्त्री सिंहले मानव सेवा जस्तो पवित्र सेवा गर्ने संघसंस्थासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए । “मानव सेवा आश्रमले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवामार्फत समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरणीय कार्य गरेको छ”, उनले भने, “यस्ता मानवतावादी काम गर्ने निकायसँग सहकार्य गरेर अघि बढ्नेछौँ ।” मानव सेवा आश्रमले सडकमा बेवारिसे, मानसिक असन्तुलनयुक्त र विपन्न अवस्थाका व्यक्तिलाई उद्धार गरी आश्रय, उपचार तथा पुन:स्थापनाको व्यवस्था गर्दै आएको छ । मुख्यमन्त्रीको भ्रमणले संस्थाको सेवा तथा कार्यप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको आश्रम परिवारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेश सभाको कार्यसूचीमा चढ्यो भाषा विधेयक फिर्ताको प्रस्ताव
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेशका मुख्यमन्त्री सिंहसँग जनमतले सोध्यो स्पष्टीकरण