दैनिक ८ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिदै

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, ०९ : ०२
दैनिक ८ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिदै

काठमाडौ । मेलम्ची स्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ ।

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रुपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर बितरण गर्न सुरु गरिएको हो ।

काठमाडौँमा बर्षातको समयमा पनि नियमित रुपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको स्थानमा  खानेपानीमन्त्री प्रदीप यादव सहितको टोली पुगेर उक्त टयाङ्कीको सफल परिक्षण गरेका छन् । 

परिक्षण सफल भएसँगै मेलम्चीको सुरुङ मार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याएर मंगलबारदेखि नियमित रुपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं ईञ्जिनियर रत्नप्रसाद लामिछाने जानकारी दिए । 

मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रुपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याइ बितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस