काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्। कोरियाको अनुभवमा आधारित सफलताका कथा नामक पुस्तकको राजधानीमा विमोचन गर्दै उनले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार प्रकृतिको वरदानका रूपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ। प्रचुर सम्भावनालाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताए। विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उनको भनाइ छ।
उनले भने, ‘‘भूगोलका हिसाबले देश सानो छौँ तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौँ। सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, दृष्टिकोणले हामी सम्पन्न छौँ। त्यसअर्थमा हामीले हाम्रो देशभित्र भविष्य खोज्नुपर्छ। तथापि आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन। विभिन्न सन्दर्भमा अध्ययनका सिलसिलामा श्रम, व्यवसायका सिलसिलामा मानिसहरू एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन्।’’
कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवालाई पौडेलले आह्वान गरे। पुस्तकले अरूलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’ : अर्थमन्त्री पौडेल
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट