एजेन्सी । अमेरिकाकाे सान फ्रान्सिस्कोबाट मुम्बई गइरहेकाे एयर इन्डियाको उडानमा आज प्राविधिक समस्या देखिएकाे छ ।
कोलकाता विमानस्थलमा अवतरण भई मुम्बई गइरहेको विमानमा मंगलबार बिहान समस्या देखिएपछि एअर इन्डियाले यात्रुहरू ओरालेको छ ।
उडान नम्बर AI180 कोलकाता हुँदै मुम्बई जाँदै थियो। बोइङ ७७७-२००LR (वर्ल्डलाइनर) विमान मङ्गलबार बिहान १ बजे कोलकाता आइपुगेकाे थियाे । बिहान २:०० बजे मुम्बईका लागि उडान भर्नु पर्ने थियो। विमानको बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण टेकअफ ढिलो भयो। त्यसपछि बिहान ६ बजेतिर क्याप्टेनले यात्रुहरूलाई विमानबाट ओर्लन भने। उनले उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताए ।
यसअघि सोमबार हङकङबाट दिल्ली आउने एउटा उडान र दिल्लीबाट राँची जाने एयर इन्डियाका दुई उडानहरूमा समेत समस्या देखिएकाे थियाे ।
हङकङबाट दिल्ली आउने एयर इन्डियाको उडान (नम्बर AI315)मा प्राविधिक समस्या देखिएपछि हङकङ फर्किनुपरेकाे थियाे । यसमा प्राविधिक गडबडी भएको रिपोर्ट गरिएको थियो। यो उडान बोइङ ७८७-८ ड्रीमलाइनरको थियो।
यस्तै साेमबारनै दिल्लीबाट राँची जाने एयर इन्डिया एक्सप्रेसको उडान शंकास्पद प्राविधिक समस्याका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काइएको थियो। बोइङ ७३७ म्याक्स ८ विमान साँझ ६:२० बजे राँचीको बिरसा मुन्डा विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।
यसरी २ दिनका बिचमा एअर इन्डियाकाे ३ विमानमा समस्या आउनु र गत बिहीबार विमाननै दुर्घटनामा पर्नुले भारतकाे उड्यन क्षेत्रमा व्यापक निराशा ल्याएकाे छ ।
गत बिहीबार एअर इन्डियाकाे भारतकाे अहमदाबादबाट बेलायतकाे लण्डनका लागि उडेकाे जहाज दुर्घटना हुँदा २४१ र दुर्घटनास्थलमा रहेका ३४ गरि २७५ जनाकाे मृत्यु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ असार २०८२, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्कालीन अवतरण
रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान