काठमाडौं । सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो ।
कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । नेप्से परिसूचक जम्मा २.८० अंक बढेको छ । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो ।
यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढे ।
अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घट्यो । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो अन्य ०.३३ तथा लगानी ०.१३ प्रतिशत घटे । पियोर इनर्जी र पिपुल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७, सोल्टी होटलको ६.३०, ओरियन्टल होटलको ५.१३, बोटलर्स नेपाल बालाजुको ५.०९ प्रतिशत मूल्य बढ्यो ।
अपरहेवाखोला हाइड्रोपावरको मूल्य ७.५८, श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.३३, सिनर्जी पावरको ४.८४ तथा उन्नति सहकार्य लघुवित्तको ४.३५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा झिनो अंकको सुधार, साढे ११ अर्बको कारोबार
घट्यो नेप्से, साढे १२ अर्बको कारोबार
घट्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
बढ्यो सेयर बजार
२६४६ अंकमा झर्यो सेयर बजार, ५ अर्बको कारोबार