तेल अभिभ । इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा घाइते भएका १२ जनालाई उपचारको लागि अस्पताल पठाइएको इजरायली आपतकालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले सोमबार बिहान बताएको छ । एमडीएले आफ्नो एक्स खातामा एक पोस्ट मार्फत यो जानकारी दिएको हो ।
‘अहिलेसम्म, एमडीए टोलीहरूले रकेट आक्रमणपछि १२ जना घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । तेल अभिभमा खोजी कार्य गरिरहेको एमडीएले भनेको छ । थप जानकारी चाँडै साझा गरिनेछ ।’ पोष्टमा भनिएको छ ।
इजरायलको सार्वजनिक प्रसारक कानका अनुसार हाइफा शहरमा इरानी आक्रमणमा धेरै मानिसहरू घाइते भएका छन् । हाइफा तेल अभिभबाट लगभग ९० किलोमिटर टाढा छ । यो इजरायलको प्रमुख बन्दरगाह हो ।
इजरायल रक्षा बल (आईडीएफ)का अनुसार, इरानले सोमबार बिहान इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ असार २०८२, ११ : १९
लेखकबाट थप