एजेन्सी । इरानी सुरक्षा निकायले ठुलाे मात्रामा ड्राेन, विष्फोटक पदार्थसहित इजरायलको जासुसी संयन्त्र मोसादका लागि काम गर्ने स्थानीय एजेन्टहरु पक्राउ गरेकाे छ ।
इरानकाे तस्मिन न्यूज एजेन्सीका अनुसार प्रहरीले दुई छुट्टाछुट्टै अपरेशनमा माेसादका लागि काम गरिरहेका दुई जना ईरानीलाई पक्राउ गरेकाे हाे ।
इरान प्रहरीका प्रवक्ता ब्रिगेडियर जनरल मोन्टाजेर अल-महदीले भने ' दुई छुट्टाछुट्टै अपरेशनमा, रे काउन्टी विशेष प्रहरी कमाण्डले फशाफोयेहमा दुई मोसाद आन्तरिक एजेन्टहरूलाई पहिचान गरी पक्राउ गरिएको छ।'
उनिहरुबाट ठुलाे परिणाममा हातहतियार , विष्फोटक पदार्थ र ड्राेन नियन्त्रणमा लिइएकाे छ । प्रवक्ता अल-महदीले थपे "यी व्यक्तिहरूबाट २०० किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ , २३ वटा ड्रोन, लन्चर, मार्गदर्शन उपकरणहरू र नियन्त्रकहरूका लागि उपकरणहरू, साथै निसान कार पनि फेला पारिएको छ र जफत गरिएको छ।"
पछिल्लो समय स्थानीय माेसाद एजेण्टकाे सहयाेगमा इरानले ठुलाे क्षति व्यहोरिरहेको सन्दर्भमा यो पक्राउलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ असार २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी