काठमाडौं । आइतबार सेयर बजार झिनो अंक ०.४७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटे पनि उत्साहजनक देखिन्छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४४ करोडको भयो ।
९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको उत्साह कायमै छ । गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको यो सेक्टर आइतबार ०.९६ प्रतिशत बढ्यो । आज धेरै मूल्य बढेका कम्पनीमा हाइड्रोपावरको वर्चस्व रह्यो ।
यद्यपि उत्पादन समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो । व्यापार १.०८, निर्जीवन बीमा ०.०७ तथा विकास बैंक ०.४८ प्रतिशत बढे । बैंकिङ ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.३१, होटल तथा पर्यटन ०.०६ तथा अन्य समूह ०.४६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
१० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर छन् । त्यस्तै बरुण हाइड्रोपावरको ९.८४, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत मूल्य बढ्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार