काठमाडौँ । बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने भएको छ । बजेटमाथि सरकारभित्र विवाद उत्पन्न भएपछि बजेट प्रस्तुतका लागि ३ बजेलाई बोलाइएको प्रदेश सभा बैठक करिब ७ बजेलाई राख्ने तयारी भइरहेको हो ।
प्रदेश सभा सचिवालयका प्रवक्ता कानुन अधिकृत मनोजकुमार गुप्ताले साढे ६ बजेपछि मात्रै बैठक बस्ने जानकारी दिए । सचिवालयले बैठक स्थानान्तरण भएको सम्बन्धी सूचना निकाल्न लागेको गुप्ताले बताए ।
सरकारले मन्त्रिपरिषद् बैठक साढे ५ बजेलाई राखेको छ । भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले साढे ५ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यसपछि मात्रै प्रदेशसभा बस्ने जानकारी दिए । यसअघि मन्त्रिपरिषद् बैठक दिउसो साढे २ बजेलाई बोलाइएको थियो ।
सत्ता साझेदार दल नेकपा एमालेसँगको सहमति भन्दा बढीको बजेट ल्याउने तयारी भएपछि सरकारमा तनाव भएको थियो । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसबिच बजेट ६८ अर्ब भन्दा बढी बढाउन नपाइने समझदारी भएकोमा मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्ब पुर्याएको आरोप लगाइएको छ ।
जसकारण सरकारमा विवाद उत्पन्न भएपछि प्रदेशसभा बैठक पूर्वनिर्धारित समयमा बस्न नसकेको एक सांसदले जानकारी दिए । आजै बस्ने मन्त्रिपरिषद् बैठकले बजेट पास गरेपछि प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट नसच्चिए मन्त्रिपरिषद् बैठकबाट बजेट पास हुनेमा अन्यौलता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण