काठमाडौँ। कम्युनिस्ट मुलुक चीनले इजरायलको यहुदी शासकले इस्लामिक मुलुक इरानमाथि गरेको शुरु आक्रमणको निन्दा गर्दै यसलाई पाशविक हमला भनेको छ ।
चिनियाँ विदेश मन्त्री तथा कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ यीले इजरायली समकक्षी गिडेन सारसँग टेलिफोन संवादका क्रममा बेइजिङ इजरायलले अन्तर्राष्ट्रिय कानून विपरीत गरेको हिंसात्मक आक्रमणको विपक्षमा रहेका प्रष्ट पारेका छन् ।
उनले इरानको आणविक मुद्दाको अन्तर्राष्ट्रिय राजनीतिक समाधान खोजिएका बेला भएको आक्रमण अस्वीकार्य रहेको भन्दै शक्तिको प्रयोगले शान्ति स्थापना नहुने बताएका छन् ।
चिनिया विदेश मन्त्रीले इरानी समकक्षी अब्बास अराग्चीसँग पनि टेलिफोन वार्ता गरेका छन् । उनले इरानको सार्वभौमिकतामाथि इजरायलको हिंसाको निन्दा गर्दै इरानी अधिकारीहरूलाई लक्षित गरेर भएको अमानवीय आक्रमण भनेका छन् । वाङले इरानको सार्वभौमिकता रक्षाको लडाइनमा चीनको समर्थन रहेको भन्दै इरानको परमाणु क्षेत्रमा गरिएको हमलाको निन्दा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ असार २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’