काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टा–छुट्टै छलफल गरेका छन् ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरूप बदल्न आग्रह गरेका हुन् ।
सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराएका छन्। रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए ।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादा विपरीतका गतिविधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए । सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका छन् ।
अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुरु गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे