मोरङ । मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार जितेन्द्र चौधरीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका– ७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए ।
शनिबार राति पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा श्रीमती र छोरीलाई लिएर घर फर्कने क्रममा दुर्घटना भएको थियो ।
दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ ।
उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते
सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु
बाजुरामा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु