एजेन्सी । इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको छ। उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको हो।
यसैगरी, तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको छ। यसअघि शनिबार राति पनि एक २० वर्षीया महिलाको ज्यान गएको थियो। सोही क्षेत्रमा २० जना घाइते भएका छन्। यसै गरी जुडेयन फुटहिलमा पनि २४ जना घाइते भएका छन्।
इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै केही समय अगाडि मात्र आणविक संरचनामा हमला गरेको जनाएको छ। आइडिएफले इरानको आणविक हतियार बनाउने योजना निस्तेज गर्नका लागि आक्रमण केन्द्रित गरेको जनाएको छ।
इरानले पनि भर्खरै इजरायलको अर्को आक्रमण गरेको जनाएको छ। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले त्यहाँका सम्पूर्ण बासिन्दालाई लगातार इरानले आक्रमण गरेका कारण होम ग्राउन्ड कमान्डको निर्देशन अनुसार चल्न भनेको छ।
आइडिएफले सो निर्देशन गरेको केही समय पछि नै केही स्थानमा भने स्थानीयलाई घर बाहिर निस्कनका लागि अनुमति दिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ असार २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए