काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लगाएका छन् । आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूले ६ सुत्रीय माग राखेर ताला लगाइएको बताए ।
त्रिविले अनुसन्धानत्मक विशिष्टको आधारमा (फास्ट ट्र्याक) १०० जना शिक्षकको विज्ञापन खुलाएको विरोधमा आंशिक प्राध्यापक संघले ताला लगाएको हो ।
‘फास्ट ट्र्याकको नाममा लिखित परिक्षा बिना नै अन्तर्वार्ताको आधारमा उप-प्राध्यापक बनाउने नियतका साथ हुन गइरहेको विज्ञापन तत्काल खारेज गरि सबैलाई प्रतिस्पर्धा गर्न पाउने संवैधानिक हक सुनिश्चित गर्न भनेका हौँ,’ अध्यक्ष लिम्बुले भने ।
त्रिभुवन विश्वविद्यालयले सीमित सिट संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकेर नियम अनुसार रिक्त रहेको सम्पूर्ण दरवन्दी आउने ६ महिना भित्र सेवा निवृत्त हुने शिक्षकहरुको समेत गरी ५ हजार २ सय ३ को पटकमा तत्काल विज्ञापन गर्नुपर्ने माग आंशिक प्राध्यापकको छ ।
आंशिक प्राध्यापक संघले शुक्रबार ताला लगाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त
कुलपति बरालको राजीनामा फिर्ताको प्रस्ताव लिएर पोखरा पुगे त्रिविका रेक्टर र रजिस्ट्रार
स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक : उपकुलपति प्रा.डा. थपलिया
केयूले ७ दिनभित्र माग्यो उपकुलपतिका लागि दोस्रो पटक आवेदन