काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ आर्थिक वर्षमा न्युरो साइन्सेस सेन्टर स्थापना गरिने बताएका छन् ।
राष्ट्रिय सभामा सदस्य जगप्रसाद शर्माले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपाल सरकारको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न न्युरो साइन्सेस सेन्टर स्थापना गर्ने उल्लेख भएको र बजेट समेत व्यवस्था भएको बताए ।
मन्त्री पौडेलले सो केन्द्रमा विशेष पुनर्स्थापना इकाइ बनाइने बताए । पुनर्स्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसले विशेष गरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पुनः सामान्य जीवनमा फर्कन सघाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ महिना भयो स्वास्थ्य जनशक्ति बढाउन पहल गरेको, सकेको छैन: स्वास्थ्यमन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल
श्रमिकको उपचार जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव डब्ल्यूएचओ लैजान्छौं : स्वास्थ्यमन्त्री पौडेल