काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अंग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताएका छन्।
विश्व अंगदान दिवसका अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अंगदान हुन नसकेकाले नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताए ।
स्वास्थ्य मन्त्री पौडेलले भने, “बिमासँग विपन्न वर्ग जोडियो भने प्रत्यारोपण सुविधा रु नौ लाखसम्म पुग्छ । त्यसैले बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अंगदान गर्नेलाई नि:शुल्क बिमा गर्ने व्यवस्था आवश्यक छ । यसका लागि लागिरहेका छौँ ।”
अंग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उनले सबै संघीय अस्पतालको क्षमता तीन गुणा बढाएर सबैलाई कम्तीमा ५०० शय्या बनाउनुपर्ने र दक्ष जनशक्ति, उपकरण एवं पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताए ।
क्यान्सरकोसमेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यक पर्ने पेट सिटीस्क्यान मेसिन विस्तार गर्दै लगिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले मात्रै नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
१३ महिना भयो स्वास्थ्य जनशक्ति बढाउन पहल गरेको, सकेको छैन: स्वास्थ्यमन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल