काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका केही अडानका कारणले सत्तारुढ दलहरूसँग भएको सहमतिमा सहभागी नभएको बताएका छन् ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताए । ‘मुलभूत रुपमा हाम्रो केही छैन । उहाँहरूको केही अडानका कारण सायद केही दिन उहाँहरू आफ्नो तरिकाले जानुहुन्छ,’ प्रचण्डले भने ।
तर, रास्वपासँग आफूहरूको विमत्ति नभएको उनले बताए । ‘तर, हाम्रो बीचमा विमत्ति र आरोपप्रत्यारोप हुँदैन,’ उनले भने । आजबाट संसद् खुल्ने प्रचण्डले बताए । कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति भएको छ । केहीबेरमा हस्ताक्षर हुँदैछ ।तर, रास्वपाले भने आफूहरू एक्लै सदनमा भिड्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?