काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका केही अडानका कारणले सत्तारुढ दलहरूसँग भएको सहमतिमा सहभागी नभएको बताएका छन् ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताए । ‘मुलभूत रुपमा हाम्रो केही छैन । उहाँहरूको केही अडानका कारण सायद केही दिन उहाँहरू आफ्नो तरिकाले जानुहुन्छ,’ प्रचण्डले भने ।
तर, रास्वपासँग आफूहरूको विमत्ति नभएको उनले बताए । ‘तर, हाम्रो बीचमा विमत्ति र आरोपप्रत्यारोप हुँदैन,’ उनले भने । आजबाट संसद् खुल्ने प्रचण्डले बताए । कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति भएको छ । केहीबेरमा हस्ताक्षर हुँदैछ ।तर, रास्वपाले भने आफूहरू एक्लै सदनमा भिड्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार