काठमाडौँ । नेपाली काँग्रेसका नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । काँग्रेस नेता केसी नेतृत्वको १७ सदस्यीय टोली गए राति चीन प्रस्थान गरेको हो ।
चीनको कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा उनीहरू पाँच दिने भ्रमणका लागि चीन गएका हुन् । चीन जानुअघि केसीले बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायतसँग भेटेका थिए ।
यसअघि, सुजाता कोइरालाको नेतृत्वमा काँग्रेसका १५ सदस्यीय टोलीले चीन भ्रमण गरेको थियो । केही हप्ता अघि मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेताको हैसियतमा चीन भ्रमण गरेकी थिइन् । भण्डारीभन्दा अगाडि माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा नेतृत्व गरेको टोलीले पनि चीन भ्रमण गरेको थियो ।
अब छिट्टै एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको टोली पनि चीन जाँदै छ । उनको भ्रमण अघिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ