काठमाडौँ । नेपाली काँग्रेसका नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । काँग्रेस नेता केसी नेतृत्वको १७ सदस्यीय टोली गए राति चीन प्रस्थान गरेको हो ।
चीनको कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा उनीहरू पाँच दिने भ्रमणका लागि चीन गएका हुन् । चीन जानुअघि केसीले बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायतसँग भेटेका थिए ।
यसअघि, सुजाता कोइरालाको नेतृत्वमा काँग्रेसका १५ सदस्यीय टोलीले चीन भ्रमण गरेको थियो । केही हप्ता अघि मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेताको हैसियतमा चीन भ्रमण गरेकी थिइन् । भण्डारीभन्दा अगाडि माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा नेतृत्व गरेको टोलीले पनि चीन भ्रमण गरेको थियो ।
अब छिट्टै एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको टोली पनि चीन जाँदै छ । उनको भ्रमण अघिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो