काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कति नेपालीले विदेशी नागरिकता लिए भन्ने तथ्याङ्क माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री आरजु राणासँग यस्तो विवरण माग गरेका हुन् ।
‘कति नेपालीले विदेशको नागरिकता लिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयमा हुनुपर्छ’ साहले सोधे, ‘नेपालको नागरिकता कसले छोडिरहेको छ र कसले लिइरहेको छ यसको रेकर्ड के छ ? यो जान्न चाहन्छु ।’
साहले विदेशमा नेपाली ठगिरहेको भनेर पनि परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गरे । ‘विदेशमा नेपाली श्रमिकहरू छन् । उनीहरूले आफ्नो हक पाउनुपर्छ’ उनले भने, ‘खाडी मुलुकमा घरेलु कामदार सम्बन्धी कानुन छ कि छैन ? मानव जस्तो व्यवहार हुने वातावरण भएको ठाउँमा मात्रै कामदार जान सक्दछन् । यस निम्ति परराष्ट्र मन्त्रीको रुपमा के पहल गर्दै हुनुहुन्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह