एजेन्सी । इरानले शुक्रबार सबेरै भएको आक्रमणको इजरायलले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।
इरानी सशस्त्र सेनाका प्रवक्ता अबोलफज्ल शेकार्चीले इजरायलले गरेको आक्रमणको ‘गम्भीर मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।
इजरायलको आक्रमणले इरानको ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणाली ध्वस्त पार्न खोजेको पनि इरानी सेनाले जनाएको छ। इजरायलको आक्रमण इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र आणविक कार्यक्रम दुवैलाई लक्षित गरेर गरिएको हो।
‘यो अत्यन्तै जटिल र तहगत आक्रमण हो, र म यसलाई केवल आणविक कार्यक्रममाथिको हमला भनेर मात्र हेर्दिन’, एक इरानी सैन्य अधिकारले भने।
आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का नेताहरू र इरानी आणविक वैज्ञानिकको हत्या गरिएको छ।
इजरायलीहरूले पूरै इरानी सैन्य प्रणालीलाई नै लक्ष्य बनाएका छन्। उनीहरू कुनै न कुनै रूपमा त्यसलाई ध्वस्त पार्ने र ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणालीलाई नै नष्ट गर्ने प्रयास गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० जेठ २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका सर्वोच्च नेताका छोराको अर्बौँ डलरको शंकास्पद सम्पत्तिबारे खुलासा: लण्डनदेखि दुबईसम्म आलिसान महल
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा कम्तीमा एक हजार ५०० इरानीलाई मृत्युदण्ड
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता