काठमाडौ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ टिगनीबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ धुसकोट घर भई हाल भक्तपुरको सरस्वतीखेल बस्ने ३८ वर्षीय साइँला तामाङ रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ०४ ८३ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४७ प १० ५० राखि तामाङले चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल पेम्बा टासीले काठमाडौँको काठमाडौं महानगरपालिका ६ तीनचुलीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनका गहना चोरी गर्ने पक्राउ
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा