काठमाडौ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ टिगनीबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ धुसकोट घर भई हाल भक्तपुरको सरस्वतीखेल बस्ने ३८ वर्षीय साइँला तामाङ रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ०४ ८३ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४७ प १० ५० राखि तामाङले चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल पेम्बा टासीले काठमाडौँको काठमाडौं महानगरपालिका ६ तीनचुलीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी