ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-९ लुभुबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको छ । लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ४७ हजार ६ सय ३५ रुपैयाँ, १३ थान मोबाइल र तास ८ बुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ