काठमाडौं। अमेरिका र इरानबीच तनाव बढ्ने संकेत देखिएपछि कच्चा तेलको मूल्य उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौताको सम्बन्धमा इरानसँग भइरहेको वार्ता सफल हुने आशा कम रहेको बयान दिएपछि कच्चा तेलको मूल्य बढेको हो ।
बुधबार अमेरिकाले मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन अनुमति दिएको छ।न्यूयोर्कमा तेलको मूल्य प्रतिब्यारेल पाँच प्रतिशतले बढेर ७० डलर पुगेको छ। अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएटले पनि वृद्धि देखाएको छ र अप्रिल पछिको उच्चतम स्तरमा पुगेको बीबीसीले जनाएको छ ।
ट्रम्पले गैर-आवश्यक कर्मचारी फिर्ताको पुष्टि गर्दै भनेका छन्, 'अमेरिकी कर्मचारीहरू मध्यपूर्व छोड्दैछन्। यो खतरनाक ठाउँ हुन सक्छ। हामी हेर्नेछौं के हुन्छ। इरानसँग आणविक हतियार हुन सक्दैन। हामी यो हुन दिने छैनौं।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?