काठमाडौं। अमेरिका र इरानबीच तनाव बढ्ने संकेत देखिएपछि कच्चा तेलको मूल्य उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौताको सम्बन्धमा इरानसँग भइरहेको वार्ता सफल हुने आशा कम रहेको बयान दिएपछि कच्चा तेलको मूल्य बढेको हो ।
बुधबार अमेरिकाले मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन अनुमति दिएको छ।न्यूयोर्कमा तेलको मूल्य प्रतिब्यारेल पाँच प्रतिशतले बढेर ७० डलर पुगेको छ। अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएटले पनि वृद्धि देखाएको छ र अप्रिल पछिको उच्चतम स्तरमा पुगेको बीबीसीले जनाएको छ ।
ट्रम्पले गैर-आवश्यक कर्मचारी फिर्ताको पुष्टि गर्दै भनेका छन्, 'अमेरिकी कर्मचारीहरू मध्यपूर्व छोड्दैछन्। यो खतरनाक ठाउँ हुन सक्छ। हामी हेर्नेछौं के हुन्छ। इरानसँग आणविक हतियार हुन सक्दैन। हामी यो हुन दिने छैनौं।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण