सर्लाही । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरिएको छ । लामो समयदेखि देशभर व्याप्त विद्युत् लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम बुधबार निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई अभिनन्दन गरेको हो ।
राष्ट्रसेवामा समर्पित योगदान, दूरदृष्टि र कुशल नेतृत्वकर्ताका कारण घिसिङ सम्पूर्ण नेपाली जनताको जीवनमा उज्यालो ल्याउने प्रेरणादायी व्यक्तित्व भएको समितिले जनाएको छ । नागरिक समाजका अगुवा एवम् कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर खपाङीले विकट चेपाङ बस्तीलगायत देशभरि नै करिब शतप्रतिशत विद्युतीकरण गर्न र निरन्तर घाटामा रहेको संस्थालाई नाफामा परिणत गर्न घिसिङ सफल भएको बताए । जलविद्युत एवम् सौर्य ऊर्जा उत्पादनमा ऐतिहासिक फड्कोमारी देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशसम्म निर्यातको ढोका खोली देशको अर्थतन्त्र चलायमान बनाउन घिसिङले उल्लेख्य योगदान गरेको उनको भनाई थियो ।
नागरिक अभिनन्द मूल समितिका संयोजक धन बहादुर मिक्चनले घिसिङको अथक प्रयास, इमानदारिता र जनउत्तरदायी नेतृत्वले राज्यको संस्थामा सेवा प्रवाहको नयाँ प्रतिमान स्थापित भएको बताए । घिसिङको अभिनन्दन केवल व्यक्तिको सम्मान मात्र नभई त्यो निष्ठा, पारदर्शिता र प्रतिबद्धताप्रतिको श्रद्धा भएको उनले उल्लेख गरे ।
कार्यक्रममा घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रस्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको,जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमानदार प्रयास गर्दा पदबाट हटाइएको बताए । अहिले जनताले कुनै राजनीतिक विचारभन्दा पनि प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित
बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ
टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ