एएफपी । इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन् ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गत अप्रिलदेखि तेहरान र वासिङ्टनबीच पाँच चरणको वार्ता भएको छ ।
गत जनवरीमा सत्तामा फर्केपछि ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गर्दै आणविक कूटनीतिलाई समर्थन गरेका छन् तर असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।
इरानका रक्षामन्त्री अजीज नासिर जादेहले वार्ता असफल भएमा अमेरिकी सैन्य कारबाहीको चेतावनीको जवाफमा भने, “उसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तीसम्म पहुँच छ, र बिना कुनै हिचकिचाहट हामी अमेरिकाले सेल्टर बनाइ बसेका देशहरूमा रहेका सबै आधार शिबिरलाई निशाना बनाउनेछौँ ।”
“भगवानको कृपाका कारण विवाद त्यो बिन्दुमा पुग्ने छैनन् र वार्ता सफल हुनेछ”, उनले भने, “यदि अमेरिकी पक्ष द्वन्द्वमा आयो भने ‘थप क्षति बेहोर्नुपर्नेछ’।” संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ।
इरान र संयुक्त राज्य अमेरिकाबीच हालै इरानको युरेनियम संवर्द्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ, तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ र वासिङ्टनले यसलाई ‘सम्झौताका लागि अन्तिम सीमा’ को रूपमा बताएको छ।
ट्रम्पले गत महिना खाडी भ्रमणका क्रममा सम्झौताको नजिक पुगेको भन्दै वार्ताप्रति वासिङ्टन आशावादी रहेको बताएका थिए तर बुधबार प्रकाशित एक अन्तरवार्तामा ट्रम्पले तेहरानलाई युरेनियम संवर्द्धन गर्नबाट रोक्न सकिन्छ कि भन्ने प्रश्नको जवाफमा अमेरिका र इरानबीच सम्झौता हुनेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ जेठ २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका सर्वोच्च नेताका छोराको अर्बौँ डलरको शंकास्पद सम्पत्तिबारे खुलासा: लण्डनदेखि दुबईसम्म आलिसान महल
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा कम्तीमा एक हजार ५०० इरानीलाई मृत्युदण्ड
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता