काठमाडौं । माओवादी केन्द्र सहितका विपक्षी दलहरुको बैठकले संसदको अवरोध खुलाउन रास्वपाले ल्याएको पाँच बुँदे प्रस्ताव स्वीकार गर्दै त्यसमा सत्ता पक्षका दलहरुलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान संसद भवनमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी थिए । बैठकमा सहभागी आजपा अध्यक्ष प्रभु साहले रास्वपाको पाँच बुँदे प्रस्ताव बैठकले ग्रहण गरेको जानकारी दिए । साथै त्यसमा कांग्रेस र एमालेसहितका दललाई पनि त्यसबारे जानकारी गराइने बताए ।
बैठक सकिएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार कांग्रेस–एमालेका नेताहरुलाई भेट्न गएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ । यसलाई सत्ता पक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
बुधबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेकाले आज या भोलि संसद्को अवरोध खुल्नसक्ने बताएका छन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको बताए ।
यस्तो छ रास्वपाको प्रस्ताव-
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय