रसुवा । दश वर्षमा रसुवागढी नाकाबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ ।
विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौंतर्फ प्रस्थान गरिसकेका छन् ।
चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने
कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
रात्रिकालीन सवारी नचलाउने निर्णय