काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले लोकतन्त्रमा शक्तिका श्रोत जनता हुने कुरा बिर्सन नहुने बताएका हुन् । लोकतन्त्रमा जनताको हित गर्नु राज्यको दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।
लोकतान्त्रिक व्यवस्थामा जनता शक्ति श्रोत हुन् भन्ने कुरा बिर्सिएर जनताको हितविपरीत चिन्तन र व्यवहार गर्न नहुने उनले उल्लेख गरेका छन् । यदि त्यस्तो चिन्तन र व्यवहार गरियो भने त्यो अलोकतान्त्रिक हुने उनको धारणा छ ।
‘लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्, जनताको हित नै राज्यको कर्तव्य हो, त्यस विपरीतका चिन्तन र व्यवहार अलोकतान्त्रिक हुन्’, सामाजिक सञ्जालमा पोखरेलले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’