काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले लोकतन्त्रमा शक्तिका श्रोत जनता हुने कुरा बिर्सन नहुने बताएका हुन् । लोकतन्त्रमा जनताको हित गर्नु राज्यको दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।
लोकतान्त्रिक व्यवस्थामा जनता शक्ति श्रोत हुन् भन्ने कुरा बिर्सिएर जनताको हितविपरीत चिन्तन र व्यवहार गर्न नहुने उनले उल्लेख गरेका छन् । यदि त्यस्तो चिन्तन र व्यवहार गरियो भने त्यो अलोकतान्त्रिक हुने उनको धारणा छ ।
‘लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्, जनताको हित नै राज्यको कर्तव्य हो, त्यस विपरीतका चिन्तन र व्यवहार अलोकतान्त्रिक हुन्’, सामाजिक सञ्जालमा पोखरेलले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य बुझेको एमाले हरेक चुनौतीको सामना गर्छ : शंकर पोखरेल
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल