काठमाडौ । अवैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानुन उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कने नेपालीको आँकडा बढ्दै छ ।
अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केसँगै यो सङ्ख्या थप बढोत्तरी भएको हो । जति पटक फिर्ता गरिन्छन्, त्यति नै पटक उनीहरूलाई अध्यागमन विभागले मानव बेचबिखन ब्युरोको जिम्मा लगाउने गरेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
अमेरिकी सरकारले यसरी नेपाल फिर्ता पठाएकाहरू अधिकांश अवैध रूपमा त्यहाँ पुगेको पाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले सबैलाई ब्युरोमा ल्याएर सोधपुछ गरिएको जानकारी दिए । उनले भने, “अधिकांश चिनजानका मानिसबाट अवैध बाटो हुँदै अमेरिका पुगेका छन्, जसमा कतिपयको घरखेत नै बन्धकी राखेर पनि गएको भेटिएका छन् ।” त्यसरी जानु अवैध मात्र होइन । मानव बेचबिखनसँग जोडिएको मुद्दा पनि हो तर अहिलेसम्म फर्केर आएकाहरूले उनीहरूलाई लैजानेविरुद्ध मुद्दा दर्ता गराउन मानेका छैनन् ।
कुँवरले थपे “आफूखुसी जानाजान अवैध बाटो भएर अमेरिका पुगेको अधिकांशले स्वीकार गर्छन् । त्यसैले उनीहरू कुनै मुद्दा दर्ता गराउन चाहनुहुन्न ।” कसरी गएको भन्ने सवालको जवाफ दिने गरे पनि लैजानेविरुद्ध मुद्दा गरेर फेरि तनावमा पर्न नचाहने जवाफ उनीहरूले ब्युरोलाई दिने गरेका छन् । अहिलेसम्म कुनै मुद्दा नै नपरेको भने होइन । एकाधले उजुरी दर्ता गराएकाले अदालतमा मुद्दा पनि चलेका छन् तर अवैध रूपमा अमेरिका लैजानेहरू अहिलेसम्म पक्राउ पर्न नसकेको ब्युरोले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २७ जेठ २०८२, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन
अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता सम्पन्न