काठमाडौ । अवैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानुन उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कने नेपालीको आँकडा बढ्दै छ ।
अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केसँगै यो सङ्ख्या थप बढोत्तरी भएको हो । जति पटक फिर्ता गरिन्छन्, त्यति नै पटक उनीहरूलाई अध्यागमन विभागले मानव बेचबिखन ब्युरोको जिम्मा लगाउने गरेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
अमेरिकी सरकारले यसरी नेपाल फिर्ता पठाएकाहरू अधिकांश अवैध रूपमा त्यहाँ पुगेको पाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले सबैलाई ब्युरोमा ल्याएर सोधपुछ गरिएको जानकारी दिए । उनले भने, “अधिकांश चिनजानका मानिसबाट अवैध बाटो हुँदै अमेरिका पुगेका छन्, जसमा कतिपयको घरखेत नै बन्धकी राखेर पनि गएको भेटिएका छन् ।” त्यसरी जानु अवैध मात्र होइन । मानव बेचबिखनसँग जोडिएको मुद्दा पनि हो तर अहिलेसम्म फर्केर आएकाहरूले उनीहरूलाई लैजानेविरुद्ध मुद्दा दर्ता गराउन मानेका छैनन् ।
कुँवरले थपे “आफूखुसी जानाजान अवैध बाटो भएर अमेरिका पुगेको अधिकांशले स्वीकार गर्छन् । त्यसैले उनीहरू कुनै मुद्दा दर्ता गराउन चाहनुहुन्न ।” कसरी गएको भन्ने सवालको जवाफ दिने गरे पनि लैजानेविरुद्ध मुद्दा गरेर फेरि तनावमा पर्न नचाहने जवाफ उनीहरूले ब्युरोलाई दिने गरेका छन् । अहिलेसम्म कुनै मुद्दा नै नपरेको भने होइन । एकाधले उजुरी दर्ता गराएकाले अदालतमा मुद्दा पनि चलेका छन् तर अवैध रूपमा अमेरिका लैजानेहरू अहिलेसम्म पक्राउ पर्न नसकेको ब्युरोले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २७ जेठ २०८२, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर