काठमाडौं । ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा कार चालक महिला घाइते भएकी छिन् । घटना आइतबार बिहान ७ बजेको रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार थापाथलीबाट पुल्चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ३९६५ नम्बरको कार र पुल्चोकबाट थापाथलीतर्फ जाँदै गरेको बा ४ ख ५६४६ नम्बरको बस कुपन्डोलामा एक आपसमा ठोक्किएका थिए ।
जसबाट कार चालक महिला ललितपुर घर भएकी ६० वर्षीया रचना बाँस्कोटा घाइते भएको एसपी जोशीले बताए । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ जेठ २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु