काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागमा विपक्षी दलले अडान यथावत् राखेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विपक्षी दलको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन खोल्न नसक्ने निष्कर्ष निकालेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा अध्यक्ष ‘प्रचण्ड’सँग भएको सहमतिअनुसार छानबिन समिति बनाएर आफूहरू सदन खोल्न तयार रहेको माओवादीका सांसद राजन दाहालले बताए । काँग्रेस लचक भए पनि प्रधानमन्त्री केपी ओलीको अनिच्छाको कारण सदनको गतिरोध लम्बिइरहेको उनको जिकिर छ ।
उनले काँग्रेसले अहिले गृहमन्त्रीमाथि छानबिन नगरी अध्यागमनमा अबका दिनमा नीतिगत सुधारको लागि छानबिन समिति वा संयन्त्र बनाउनुपर्ने मात्रैको प्रस्ताव ल्याएपछि कुरा नमिलेको बताए ।
दाहालले थपे, ‘प्रधानमन्त्रीले सदन खोल्न चासो नदिएपछि काँग्रेसले अग्रसरता लिएको छ, अहिले रास्वपासँग पनि बेग्लै वार्तामा छ । तर, आज सहमति जुट्ने सम्भावना कम नै देखिन्छ ।’
निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि दिउँसो २ बजेको लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण