काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देशको राजनीतिमा उतारचढाव रहेको बताएका छन् । रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन गर्दै समाजवादको आधार तयार पार्न केन्द्रित हुनुपर्ने बताए ।
उनले भने, ‘अहिले देशको राजनीतिमा उतारचढाव छन् तर हामी संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरेका छौँ । हामी समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेका छौँ ।’
उनले आफू नेतृत्वको सरकार भएको बेलामा नीति तथा कार्यक्रम र बजेटमा रिटर्नी सेन्टरलाई विशेष महत्त्व दिएको स्मरण गरे । उनले माओवादी नेतृत्वको सरकार ढलेपछि अहिलेको सरकारले रिटर्नीहरूका लागि छुट्टाएको बजेट पनि अन्यत्र लगिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड