काठमाडौँ । नेकपा माओवादी केन्द्र भिजिट भिसा छानबिनको सुनिश्चिततासहित संसद् अवरोध खुलाउन तयार भएको छ । तर, त्यस्तो छानबिन कहिले हुने यकिन छैन ।माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले छानबिनको सुनिश्चितता खोजेको बताए। यस निम्ति छलफल चलिरहेको उनको जवाफ छ ।
सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवाद केन्द्र त्यसमा विश्वास गरेर प्रतिनिधि सभामा जारी अवरोध खोल्न तयार भएको छ । भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरेको हो । यो विषय आए लगत्तै माओवादीले प्रतिनिधि सभामा विषय प्रवेश गराएको थियो ।
सुरुमा गृहमन्त्रीको राजीनामा नै मागेको माओवादी केन्द्र अन्ततः छानबिन हुने सुनिश्चितता भए संसद्को अवरोध खोल्न सकिने निष्कर्षमा पुगेको हो । माओवादी नेताहरूका अनुसार, माओवादी यस्तो निष्कर्षमा पुगेपछि काँग्रेसले मध्यमार्गी प्रस्ताव ल्याएको थियो । मध्यमार्गी प्रस्तावमा अख्तियारले हाल गरिरहेको अनुसन्धान सकिएपछि छुट्टै संयन्त्र बनाएर २०६४ सालयता भिजिट भिसाको नाममा भएको अनियमितताबारे छानबिन गर्ने भनिएको छ । यसमा माओवादी केन्द्र सहमत भएको हो ।
नेताहरूका अनुसार काँग्रेस, माओवादी र समाजवादीका नेताहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो । तर, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भइसकेको छैन ।
रास्वपालाई सहमत गराउन काँग्रेस नेताहरुले छलफल जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था