काठमाडौ । दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एकजना घाइते भएका प्रहरीले जनाएको छ।
शुक्रबार राति गौरी शंकर गाउँपालिका-४ डेपुङमा बा १६ च ७६५१ बोलेरो गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा स्थानीय ३२ वर्षीया डोल्मा शेपा र सोही ठाउँकी ४५ वर्षीया फुलमाया शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
कालिञ्चोक गाउँपालिकाको सिँगटी बजारबाट ६ जना यात्रु लिएर दोलखाकै झ्याँकुतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु