काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति गठनको मागसहित सदन अवरोध गरिरहेकोले आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नेमा आशङ्का कायमै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै
राप्रपा र रास्वपा आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए