काठमाडौं। काठमाडौंको तीनकुने घटनाका अभियुक्त दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादी रहेको मुद्दाको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक प्रयोजनका लागि सुनुवाइ शुरू भएको हो ।
राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा उनीहरूविरुद्ध सुनुवाइ भइरहेको छ ।
गत चैत १५ गते राजवादीहरूले गरेको आन्दोलनमा भएको तोडफोड, आगजनीसहित व्यक्तिको समेत मृत्यु भएपछि प्रहरीले प्रसाईंसहितका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १३ : १५
लेखकबाट थप