काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ ।
आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दल लचक भएकोले आजको बैठकले निरन्तरता पाउने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ