काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुख रहेका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आजकै मितिदेखि लागू हुनेगरि तीन जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख रहेका रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी तोकिएको छ । सुपरिवेक्षण विभागमा दीर्घबहादुर रावललाई ल्याइएको छ ।
रावल आइतबार मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका थिए । त्यसअघि उनी मुद्रा व्यवस्थापन विभागमा निर्देशक थिए । त्यस्तै, कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उनी मुद्रा व्यवस्थापन विभागका प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै