काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुख रहेका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आजकै मितिदेखि लागू हुनेगरि तीन जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख रहेका रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी तोकिएको छ । सुपरिवेक्षण विभागमा दीर्घबहादुर रावललाई ल्याइएको छ ।
रावल आइतबार मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका थिए । त्यसअघि उनी मुद्रा व्यवस्थापन विभागमा निर्देशक थिए । त्यस्तै, कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उनी मुद्रा व्यवस्थापन विभागका प्रमुख थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक